आजको मौसम पूर्वानुमान : केही ठाउँमा ठूलो पानी पर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १८ गते ११:४३

काठमाडौं, १८ भदौ । बिहीबार वागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानूमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ रहेको र अहिले सक्रिय रहेकोले केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

अहिले देशभर सामान्यदेखि पूर्णरुपमा बादल लागेको र प्रदेश १, वागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती पनि देशभर बादल लागेर केही ठाउँमा पानी पर्ने र वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : २०७७ भदौ १८ गते ११:४३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI