लद्दाखस्थित चीनसँगको सीमा क्षेत्रमा फेरि मारिए भारतीय सैनिक

NAWALPUR TIMES

लद्दाखस्थित चीनसँगको सीमा क्षेत्रमा फेरि मारिए भारतीय सैनिक
1592480526India China military.jpg

लद्दाखस्थित दक्षिणी पेंगोंग त्सो तालको विवादित इलाकामा चिनियाँ सैनिकसँगको झडपमा भारतीय सेनाको एक जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

तिब्बती मूलका ति सैनिक जवान स्पेशन फ्रन्टियर फोर्स (एसएफएफ) मा तैनाथ थिए ।

यद्यपि यो घटनामा भारतीय सेनाले आधिकारिक रुपमा केही बताएको छैन भने चीनले पनि केही जानकारी दिएको छैन ।

२९–३० अगस्टको राती चीनका करिब ५ सय सैनिकले पहाडी क्षेत्रमा कब्जाको कोशिस गरेको थियो ।

त्यसको प्रतिकारका क्रममा एक सैनिकको मृत्यु भएको हो । यसअघि ५ जुनमा लद्दाखस्थित गलवानमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो ।

सो क्रममा चिनियाँ सेनाले काँटी भएका लाठीले आक्रमण गर्दा २० जना भारतीय सैनिक मारिएका थिए ।

तिब्बती संसदका निर्वासित सदस्य नामग्याल डोलकर लघियारीले पछिल्लो झडपमा तिब्बती मूलका एक सैनिक मारिएको र एक जना घाइते भएको जानकारी दिएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology