ऋषिकेषमा फ्रान्सेली महिलाले नग्न भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि…

NAWALPUR TIMES

ऋषिकेषमा फ्रान्सेली महिलाले नग्न भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि…
french women naked photo in laxman jhula1

एजेन्सी, १५ भाद्र । भारतको उत्तराखण्डको ऋषिकेषस्थित लक्ष्मण झुलामा फ्रान्सेली महिलाले नग्न तस्बिर खिचेर पोष्ट गरेकी छिन् । उनले उक्त भिडियो सामाजिक सञ्जालमा पनि पोष्ट गरिन् ।

महिला २७ वर्षीया मारी हेलेन हुन् । उनले पवित्र तीर्थस्थल क्षेत्रमा नग्न भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि बिहिबार पक्राऊ गरिएको हो । उनीमाथि भारतको इन्टरनेट कानुन अनुसार कारबाही बढाइएको छ । महिला दोषी ठहरिएमा तीन वर्ष सम्म कैद सजाय भोग्नेछिन् ।

धरौटीमा रिहा भएकी महिलाले आफूले गहनाको व्यापारको प्रोमोशनका लागि उक्त भिडियो खिचेको दाबी गरेकी छिन् । तर, त्यहाँको प्रहरीले पवित्र गँगा नदीमाथिको लक्ष्मण झुलामा त्यस्तो गतिविधि गरेकाले प्रश्न उठेको बताएका छन् । उक्त स्थानमा राम, लक्ष्मण र सीताले गंगा नदी तरेको धार्मिक विश्वास छ ।-Photo Source: Agency

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology