‘कुल्ली नम्बर-१’ अमेजन प्राइममा रिलिज हुने, ६५ करोडमा भयो डिल

NAWALPUR TIMES

‘कुल्ली नम्बर-१’ अमेजन प्राइममा रिलिज हुने, ६५ करोडमा भयो डिल
1598443782.kulli no 1

काठमाडाैं। वरुण धवन अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ अमेजन प्राइममा प्रदर्शनमा आउने भएको छ।

 

सेप्टेम्बरको पहिलो हप्ता आधिकारिक घोषणा हुने उक्त चलचित्र ६५ करोड भारतीय रूपैयाँमा डिल भएको हो।

 

मिर्जापुर-२ को घोषणामाथि केन्द्रित रहेको अमेजनले ‘कुल्ली नम्बर १’ लाई केही पर धकेलेको हो।

 

निर्माता वाशु भगनानीले अन्तिम समयसम्म चलचित्र हलमै प्रदर्शनमा ल्याउनका लागि कुरिरहेको बताए।

 

तर, हलमा प्रदर्शनमा ल्याउन तत्काल सम्भव नभएपछि डिजिटल प्लेटफर्म रोजिएको उनको भनाइ छ।

 

अमेजनमा यो वर्ष सबैभन्दा महँगोमा बिक्ने चलचित्र बनेको छ।

 

यसअघि ‘शकुन्तला देवी’ ५० करोडमा बेचिएको थियो। ‘गुलाबो सिताबो’को लागि डिजिटल प्लेटफर्मले ४५ करोड खर्च गरेको थियो।

 

डेविड धवनले निर्देशन गरेको यो चलचित्रमा वरुणसँगै सारा अली खानको अभिनय छ।

 

यसअघि नेटफिलिक्समा गुञ्जन सक्सेनालाई ५० करोडमा बिक्री गरिएको थियो भने आलिया भट्टको चलचित्र ‘सडक-२’ ७० करोडमा बिक्री भएको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology