सोनियाले काङ्ग्रेसको नेतृत्व छाडदै

NAWALPUR TIMES

सोनियाले काङ्ग्रेसको नेतृत्व छाडदै
FB IMG 1598202159786

एजेन्सी । भारतीय प्रतिपक्षी दल कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पार्टीको जिम्मेवारी लिनका लाथि थप समय दिन नसक्ने बताएकी छन्। कांग्रेस पार्टीको पुर्नसंरचना गर्नुपर्ने भन्दै पार्टीका एक सयभन्दा बढी सहकर्मीले पठाएको पत्रको प्रतिकृया दिँदै सोनियाले अब उनीहरुलाई आफै पार्टीको अध्यक्ष छान्न आग्रह गरेकी छन्।

गत वर्षको अगस्टमा सोनिया एक वर्षका लागि पार्टी अध्यक्षमा मनोनित भएकी थिइन्। सोमबार बस्ने पार्टीको कार्यसमितिको बैठकमा उनी पार्टीको नेतृत्व गर्ने या नगर्ने कुराका टुंगो लाग्ने छ। यसअघिको बैठकमा एक पक्षले राहुल गान्धीको नेतृत्वमा जाने निर्णय गरेको छ।

केही पूर्वमन्त्रीहरुले संगठनात्मक र नेतृत्व परिवर्तनका लागि सोनियालाई पत्र लेखेका थिए। राहुल पक्षका नेताहरुले राहुललाई नै नेतृत्व फर्काउने कुरा अघि सारेका छन्।

पार्टीका केहि नेताहरुले पार्टीको पूरानो संगठनात्मक प्रणालीलाई नै परिवर्तन गर्ने कुरा अघि सारेका छन्। यसविषयमा सोमबारको बैठकले ठोस निर्णय गर्ने बताइएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology