‘विपतमा हामी’ द्धारा गैंडाकोटका २ दुर्गम वडामा राहत वितरण

NAWALPUR TIMES

‘विपतमा हामी’ द्धारा गैंडाकोटका २ दुर्गम वडामा राहत वितरण
received 258484778670555

दैनिक ज्यालादारी अर्थात मजदु्री गरेर खानेहरुलाई दैनिक जीवनयापनमा कष्ट हुन थालेको र विहान बेलुकाको छाक टार्न निकै कष्ट भएको भन्दै ‘विपतमा हामी’ भन्ने संस्थाले गैंडाकोटका दुइ स्थानमा सोमबार राहत वितरण गरेको ‘विपतमा हामी’ का संयोजक गोकुल सापकोटाले बताउनुभएको छ ।
दैनिक छाक टार्न समस्या परेको समाचार आएका कारण आफूहरु सो स्थानमा पुगी राहत वितरण गरेको अध्यक्ष सापकोटाले बताउनुभयो।
सो अवसरमा गैंडाकोटको १२ नं वडाको टाँडी मटकुरीका ६५ परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो।
त्यसैगरी गैंडाकोटकै १८ नं वडामा पनि ६१ परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ।
गैंडाकोट नगरपालिकाको निर्णय अनुसार एकद्धार प्रणालीलाई आत्मसात गर्दै गैंडाकोट नगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष थिरबहादुर महत्तो र १८ का वडा अध्यक्ष तिल बहादुर चितौरे लगायत विभिन्न सामाजिक अभियन्ताहरुको सहभागितामा खाद्यान्न वितरण गरेको अध्यक्ष सापकोटाले बताउनुभयो।
मुलुकमा जस्तो सुकै विपत को अवस्थामा समस्यामा परेका मानिसहरुको साथी बन्ने उद्येश्यका साथ स्थापना भएको ‘विपतमा हामी’ नामक समाजिक संस्थाले यस समयमा ४०० भन्दा परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिसकेको पनि उहाँले बताउनुभयो । साथै यस संस्थाले गैंडाकोट नगरपालिकाका सबै स्थानमा सेनिटाइजेसन कार्य सम्पन्न गरको र मंगलबार नै देवचुली नगरपालिकामा संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा जेसीजले पनि सहकार्य गरेको उहाँले बताउनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology