८ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

NAWALPUR TIMES

८ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा  एकजना पक्राउ
1623166590856

चितवन । ८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा चितवनमा एकजना पक्राउ परेका छन् ।तनहुँ घर भरतपुर महानगगरपालिका वडा नं. ७ मा आमा सँग बस्दै आएकी बालिकालाई करणी गरेको आरोपमा भरतपुर महानगरपालिका वडा नं. ९ बस्दै आएका ३८ वर्षका दिपमान सिहं राई पक्राउ परेका हुन् ।
उनको स्थायी घर उदयपुरको कटारी नगरपालिका वडा नं. ६ रहेको चितवन प्रहरीले जनाएको छ । बालिकाको परिवारसँग विगत २ वर्षदेखि समान्य चिनजान गरेका राईले कोहि नभएको मौका पारेको करणी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनिमाथी अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनिमाथी कानून वमोजिम कारबाही हुनेछ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology