सोह्रश्राद्धमा सावधानी अपनाउन गैँडाकोट नगरपालिकाको आग्रह

NAWALPUR TIMES

सोह्रश्राद्धमा सावधानी अपनाउन गैँडाकोट नगरपालिकाको आग्रह
received 885115618683361

गैंडाकोट । गैंडाकोट नगरपालिकाले नजिकिदै गरेको सोह्रश्राद्ध सकेसम्म भर्चुअल माध्यमबाट गर्न आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नगरपालिकाले सोह्रश्राद्ध गर्दा सावधानी अपनाउन र सकेसम्म अनलाईनको माध्यमबाट गर्न सुुझाएको हो । नगरप्रमुख छत्रराज राज पौडेलद्धारा आज जारी सूचनामा पितृपुजन कार्यमा पुरोहित र यजमानको बसाईको दुरी ३ मिटर कायम गर्न अनुरोध गरिएको छ ।

हरेक वर्ष आश्विन कृष्ण पितृपक्षमा गरिने महालय श्राद्ध अर्थात पितृपुजन कार्यका लागी कोरोना भाईरसको संभावित सङ्क्रमणबाट बच्ने गरि स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई एक वा दुईजनाले मात्र पितृपुजन श्राद्ध कार्य नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
नगरप्रमुख पौडेलद्वारा जारी सूचनामा पितृपुजन कार्यमा आफन्त छरछिमेक, ईष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरि परिवारका सदस्य मात्रै सामेल भई गर्न अनुरोध गरिएको छ ।

साथै ब्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता पारिवारिक तथा सामाजिक जमघट जस्ता क्रियाकलापमा सहभागिता न्युन गराउने र सम्भावित कोरोनाको जोखिमबाट सुरक्षीत रहन पनि सचेत गराईएको छ । पितृपक्ष यहि भाद्र १७ गते बुधबारबाट शुरु हुँदैछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology