समानुपातिकतर्फ कुन दलले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)

NAWALPUR TIMES

समानुपातिकतर्फ कुन दलले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)
dosro chunab

कावासोती । निर्वाचन आयोगले आसन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ उमेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दललाई उमेदवारको संख्याका आधारमा खर्चको अधिकतम सीमा निर्धारण गरेको छ ।

राजनीतिक दलका तर्फबाट हुने निर्वाचनसम्बन्धी स्वेच्छिक आर्थिक सहयोग लिँदा तथा खर्च गर्दा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ बमोजिम गर्न, राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा दलका तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नामनामेसीसहितको विवरण १० दिनभित्र आयोगमा पठाउनुपर्ने निर्णय पनि आयोगले गरेको छ ।

निर्वाचन प्रचारप्रसार खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने राजनीतिक दललाई आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (१) बमोजिम त्यस्तो दलले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ, सोहीबराबरको रकम जरिवाना गर्ने व्यवस्था छ ।

सूची हेर्नोस्–

HR1667447398.jpg

Pradesh-1-11667447429.jpg

Madesh-Pradesh-11667447462.jpg

Bagmati-Pradesh-11667447505.jpg

Gandaki-11667447533.jpg

Lumnini-11667447566.jpg

Karnali-11667447601.jpg

Sudur-11667447631.jpg

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology