समानुपातिकतर्फ कांग्रेसभन्दा एमाले १ लाख २९ हजार मतले अगाडि, अरुकाे कति ?

NAWALPUR TIMES

समानुपातिकतर्फ कांग्रेसभन्दा एमाले १ लाख २९ हजार मतले अगाडि, अरुकाे कति ?
election chunab cJDzdyHKt9

कावासोती ।  प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणामअनुसार ७ वटा दलले राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ।

अहिलेसम्म १ करोड ३ लाख ८२ हजार ८५ मत गन्दा एमालेले २७ लाख ७३ हजार ९९९ मत ल्याएर अग्रता कायमै राखेको छ। दोस्रोमा रहेको नेपाली काँग्रेसले २६ लाख ४४ हजार २४१, तेस्रोमा रहेको माओवादीले माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ मत प्राप्त गरेको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर थ्रेसहोल्ड कटाउने निश्चित भइसकेको छ।

आठौं स्थानमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले थ्रेसहोल्ड कटाउन संघर्षरत छ। नेकपा एसले अहिलेसम्म २ लाख ९४ हजार ६३ मत ल्याएको छ। थ्रेसहोल्ड कटाउन खसेको सदर मतको ३ प्रतिशत कटाउनुपर्छ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २७८ मत प्राप्त गरेको छ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology