संगम अविरत बचत तथा ऋण सहकारी संस्था लि क‍ो नवनिर्मित केन्द्रीय कार्यालय भवनको उद्घाटन

NAWALPUR TIMES

संगम अविरत बचत तथा ऋण सहकारी संस्था लि क‍ो नवनिर्मित केन्द्रीय कार्यालय भवनको उद्घाटन
received 1040700129754158

हरि सुवेदी/गैंडाकोट । वसन्त पञ्चमीको शुभ अवसमा संगम अविरत बचत तथा ऋण सहकारी संस्था लि क‍ो नवनिर्मित केन्द्रीय कार्यालय भवनको उद्घाटन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा विशिष्ट अतिथी गैडाकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा र गैडाकोट नगरपालिकाका सहकारी प्रमुख देवेन्द्रराज गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष जयकृष्ण सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष केदारनाथ न्यौपाने को अध्यक्षतामा सम्पन्न भएको थियो । साथै संस्थाले अाज बाट नै नवनिर्मित भवन बाट सेवा सुरु गरेको संस्थाका व्यवस्थापक गोविन्द प्रसाद सापकोटाले जानकारि दिनु भयो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव कृष्ण पौडेल गर्नु भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology