लागुपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि एक दिने सचेतना तालिम सम्पन्न

NAWALPUR TIMES

लागुपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि एक दिने सचेतना तालिम सम्पन्न
received 696711487719784

कृष्ण कंडेल, अमरापुरी असोज १७

गैंडाकोट नगरपालिकाको वडा नम्बर-१७ मा लागुपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि एक दिने सचेतना तालिम शनिबार सम्पन्न भएको छ ।

वडामा गठित लागु औषध अपराध निषेध तथा नियन्त्रण एबम नियमन समितिको आयोजनामा अमरज्यती माविको हलमा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गैंडाकोट-१७ का वडाअध्यक्ष रत्नवहादुर खड्काले लागु पदार्थ दुर्व्यसन न्यूनीकरणको लागि व्यक्ति आफै, परिवारका सदस्यदेखि लिएर छिमेकी तथा सामाजिक संघसंथा लगाएत सम्पूर्ण सरोकारवाला सजग हुनुपर्ने वताउनुभयो । अध्यक्ष खड्काले सचेतना तालिम हुनु सकारात्मक भएको भन्दै आगामि दिनामा हुने यस्ता कार्यक्रमका लागि अवश्यक बजेट व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा अमरज्यति माविका प्रधानाध्यापक दुर्गादत्त सापकोटा, सभागिहरु भगवती सुबेदी, आनन्द शर्मा, कृष्ण कंडेल लगायतले मन्तव्य  राख्नुभएको थियो ।

सो अवसरमा भएको अन्तरकृयाका सहभागीले स्थानीय झाडी, घोल, नदि तथा खोला किनार, मसानघाट, एकान्त ठाउँमा रहेका मन्दिरपरीसर लगायतका स्थान दुर्व्यसनीमा संलग्नले धेरै प्रयोग गर्ने भन्दै यस्ता स्थानमा सबैले निगरानी गर्नुपर्ने धारण राख्नु भएको थियो ।

कार्यक्रममा लागु औषध अपराध निषेध तथा नियन्त्रण एबम नियमन समितिका अध्यक्ष बाबुराम गिरीले यो क्षेत्रमा सम्पूर्ण सरोकारवालासंग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रम समितिका अध्यक्ष गिरीको अध्यक्षता, उपाध्यक्ष राधिका कंडेलको स्वागत तथा सचीव लक्ष्मण कंडेलको संचालन एबम सहजीकरणमा सम्पन्न भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology