लक्ष्मी हेल्प फाउन्डेसनले गैंडाकोट-३ लाई दियो दुईवटा अक्सिजन सिलिण्डर							
						
					
						
							
							
								 
									 NAWALPUR TIMES   
 
									प्रकाशित :  २०७८ जेठ  २४ गते २०:१५
								
							 
							
						 
					 
				
				
				
					
						
							
								
									 											
												IMG 20210607 201309											
																			
									
									
										गैंडाकोट, २४ जेठ । गैंडाकोटमा रहेको लक्ष्मी हेल्प फाउन्डेसनले वडा नं ३ मा रहेको आधारभूत स्वास्थ्य ईकाईलाई अक्सिजन सहितको दुईवटा सिलिण्डर हस्तान्तरण गरेको छ । फाउण्डेशनका तर्फबाट कोषाध्यक्ष गणेश अधिकारी, सचिव बिष्णु अधिकारी, समाजसेवी एवं फाउन्डेसनका सहयोगी शंकार आचार्य र टिकाराम पराजुलीले वडा नं ३ का वडा अध्यक्ष शिवकान्त तिवारीलाई सोमबार अक्सिजन सहितको दुईवटा सिलिण्डर हस्तान्तरण गर्नुभएको हो । लक्ष्मी हेल्प फाउन्डेसनले वडा नं ३ मा रहेको आधारभूत स्वास्थ्य ईकाई परिसमै पुगेर अक्सिजन सहितका सिलिण्डरहरु हस्तान्तरण गरेको हो ।
सो अवसरमा लक्ष्मी हेल्प फाउन्डेसनका कोषाध्यक्ष गणेश अधिकारीले यस अघि फउण्डेशनले विभिन्न वडाहरुमा कोभिड नियन्त्रण र रोगथाम गर्न मद्दत गर्ने ६०० डोज रोग प्रतिरोधात्मक औषधिहरु वितरण गरेको स्मरण गर्दै विभिन्न विद्यालयहरुमा पनि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको बताउनुभयो । उहाँले आउँदा दिनहरुमा पनि फउण्डेशनले स्वास्थ्यसँग सम्बधित अन्य आवश्यक सामानहरु वितरण गरिने योजना रहेको जानकारी दिँदै हस्तान्तरण भएका सामाग्रीहरुको सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।
वडा नं ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले आफ्ना भनाईहरु राख्दै फेशबुकमा राखेको आफ्नो आग्रहलाई महत्व दिएर मलेसियामा रहेका लक्ष्मी हेल्प फाउन्डेसनका अध्यक्ष नारायण अधिकारीले तुरुन्तै अक्सिजन सिलिण्डरहरु फाउन्डेसनले उपलब्ध गराउने बचन दिनुभएको र आज सिलिण्डर पनि उपलब्ध गराईएकोमा फाउन्डेसनलाई धन्यवाद दिँदै उपलब्ध भएका सामग्रीहरुको सहि सदुपयोग गरिने वताउनुभयो ।
फाउन्डेसनको आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक क्षेत्रहरूमा काम गर्दै आएको र कोभिड १९ को महामारीको बेलामा समेत गैंडाकोट नगरपालिकाका केही वडामा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्दै आएको छ ।
											
											प्रकाशित :  २०७८ जेठ  २४ गते २०:१५
										
										
										
	
										
										  
							 
						 
						
						 
					 
				 
				
                                                                                                    
                                             
                                            
                                            
                                            
                                            
	 
	
	 
		Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved. 
		Website by: 
SAROJ BHATTARAI
	 
 
Facebook Comment