मगर दिवसमा गैंडाकोटमा सार्वजनिक बिदा

NAWALPUR TIMES

मगर दिवसमा गैंडाकोटमा सार्वजनिक बिदा
maxresdefault

कावासोती । नवलपुरको गैंडाकोट नगरपालिकाले ४१ औं मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

४१ औं मगर दिवसको  उपलक्ष्यमा  फागुन १५ गतेका दिन नगरपालिकाले दिने अत्यावश्यक सेवा बाहेक नगर भित्रका सम्पुर्ण शैक्षिक संँस्था, सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा कार्यपालिका बैठकको निर्णण अनुसार सार्वजनिक बिदा दिईएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनु भयो ।

नगरपालिकाको फागुन ४ गते बसेको कार्यपालिका बैठककोले बिदा दिने निर्णय गरेको हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology