बाघको आक्रमणबाट ६५ वर्षीय वृद्धको मृत्यु

NAWALPUR TIMES

बाघको आक्रमणबाट ६५ वर्षीय वृद्धको  मृत्यु
death symbol

चितवन, १० असोज: भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् ।

घाँस काट्न गएका उनलाई आज बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको हो । शवलाई बाघले नछोडेपछि बाघलाई बेहोस बनाउन प्राविधिक टोली जाने तयारी गरेको उनले जानकारी दिए ।-रासस/File photo

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology