प्रहरी चौकीकै छेउको सहकारीमा चोरी

NAWALPUR TIMES

प्रहरी चौकीकै छेउको सहकारीमा चोरी
bharatpur chori2021 09 16 02 13 03

भरतपुरमा प्रहरी चौकीछेउमा नै रहेको एक सहकारीमा चोरी भएको छ। श्री शिवनगर गरिबी निवारण साना किसान कृषि सहकारी संस्था भरतपुर १४, शिवनगरमा गएराति  चोरी भएको हो। चोरी भएको सहकारी अस्थायी प्रहरी चौकी शिवनगरछेउमा नै छ। सहकारीको अध्यक्ष सरस्वती पाण्डेका अनुसार ग्रिल भएको झ्याल तोडेर चोरले सहकारीबाट नगद आठ लाख ३६ हजार रुपैयाँ चोरी गरेका छन्। सिसी क्यामेरामा अन्दाजी ३५–४० वर्षका दुई युवाहरू देखिन्छन्। उनीहरूमध्ये एकले पिपिई लगाएको देखिन्छ भने अर्काले माक्स लगाएका छन्।

चोरी भएको जानकारी प्राप्त हुना साथ प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। सिसिटिभीमा १ बजेतिर चोरी भएको देखिए पनि बिहान १० बजे कार्यालय खोल्न आउँदा कर्मचारीले चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। रेमिट्यान्स सुविधासमेत रहेको यस सहकारीमा १८ सयभन्दा बढी सदस्य छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology