पुरुषको वेवारिसे शव फेला

NAWALPUR TIMES

पुरुषको वेवारिसे शव फेला
1628264317505

गैँडाकोट । नवलपुरको गैँडाकोटमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ६ गैँडाचोक देखि करिव १०० मिटर भित्र एक पुरुषको शव फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको हो । उनको हत्या वा आत्महत्या के हो भन्ने बारेमा अहिलेसम्म केहि जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीले अहिले अवेर भएको भन्दै भोली मात्रै मुचुल्का उठाउने तयारी गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology