नेपाल घरेलु तथा साना उद्योग महासंघ गैंडाकोट महिला संघ गठन

NAWALPUR TIMES

नेपाल घरेलु तथा साना उद्योग महासंघ गैंडाकोट महिला संघ गठन
received 3404423489811328

गैंडाकोट  । नेपाल घरेलु तथा साना उद्योग महासंघ गैंडाकोट नगरपालिका महिला संघको अध्यक्षमा सावित्री खवास चयन भएकी छन ।

नगर समितिले गरेको कार्यक्रममा नवलपुर जिल्ला तदर्थ समिती संयोजक भरत पोख्रेल प्रमुख अतिथि रहेका थिए । पोख्रेलले कार्यक्रम लाई सम्बोधन गर्दै नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्यमीहरू नै मुलुकको आर्थिक समृद्धिका लागि परिवर्तनका संवाहक भएको बताउदै उद्यमीले प्रगतिशील उत्पादन र सेवाको सम्भाव्य माग पत्ता लगाई बजारयोग्य बस्तु, सेवाको आपूर्ति सुनिश्चित गर्नु उद्यमी व्यवसायीको दायित्व रहेको बताए । कार्यक्रममा करुणा सागर सुबेदी, सिर्जना सोति, सुजन अधिकारी लगाएतले नवगठित महिला समिती लाई शुभकामना सहित कार्यक्रमका बिषयमा बोलेका थिए ।

नगर समितीको पहलमा भएको प्रथम नगर उद्यमि भेलामा सर्वसम्मत रुपमा नगर महिला समिती चयन भएको हो सावित्री खवासले नेतृत्व गरेको समितिमा वरिष्ठ उपाध्यक्ष अञ्जु ज्ञावाली, महासचिव गङ्गा ढकाल सापकोटा, कोषाध्यक्ष जमुना काफ्ले, सदस्य हरुमा कल्पना अधिकारी देवकोटा, जुना न्युरे, यम कुमारी लम्साल (गिता), बिष्णु देवकोटा, प्रियंका न्यौपाने रहेका छन् । कार्यक्रमको सहजीकरण नगर महासचीव बिमल घिमिरेले गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology