निर्वाचन आयोगले खटायो अनुगमन टोली, आचारसंहिता गम्भीर उल्लंघन गरे उम्मेदवारी खारेज

NAWALPUR TIMES

निर्वाचन आयोगले खटायो अनुगमन टोली, आचारसंहिता गम्भीर उल्लंघन गरे उम्मेदवारी खारेज
local election

काठमाडौं । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्‍घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्नेगरी टोली परिचालन भएको बताए ।

‘स्थलगतरूपमा कारबाही गर्न सक्छ । आचारसंहिता उल्लङ्‍घनको प्रकृति हेरेर उम्मेवदारी खारेजको हदसम्म टोली जान सक्छ’,  उनले भने ।

सुरक्षा संवेदनशील र बढी मतदाता भएको १७ जिल्लामा टोली परिचालन भएको हो । विभिन्‍न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा टोली खटिएका हुन् ।

उनीहरूलाई शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई रहेको बताएका थिए ।

उनले निर्वाचनलाई स्वच्छ, स्वतन्‍त्र, निष्पक्ष, भयरहित र विश्‍वसनीय रूपमा सम्पन्‍न गर्नेबारे आग्रह–पूर्वाग्रह नराखी ऐन, कानूनअनुसार प्रभावकारी अनुगमन गर्न निर्देशन पनि दिएका थिए ।

टोलीले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा र गाडी प्रयोग गरे कारबाही गर्न सक्ने आयोगले जनाएको छ ।

अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । (कारखानाबाट)

 

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology