नारायणीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव फेला

NAWALPUR TIMES

नारायणीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव फेला
5ee2ec70bb40b Death Assam

भरतपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गैँडाकोट–२ का १६ वर्षीय प्रशान्त घिमिरेको शव भरतपुर २६ हिरापुरस्थित नारायणी नदीकिनारमा फेला परेको प्रहरीले जनाएको छ ।

भरतपुर–१, ठिमुरास्थित हजुरआमाको घरमा गएको बेला उनी चारजना साथीसँग पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए । घिमिरेका मामा हरि दाहालका अनुसार प्रशान्त असार २३ गते बुधबारदेखि बेपत्ता भएका थिए ।

आइतबार बिहान शव फेला परेपछि घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का तयार पारी पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology