भरतपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गैँडाकोट–२ का १६ वर्षीय प्रशान्त घिमिरेको शव भरतपुर २६ हिरापुरस्थित नारायणी नदीकिनारमा फेला परेको प्रहरीले जनाएको छ ।
भरतपुर–१, ठिमुरास्थित हजुरआमाको घरमा गएको बेला उनी चारजना साथीसँग पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए । घिमिरेका मामा हरि दाहालका अनुसार प्रशान्त असार २३ गते बुधबारदेखि बेपत्ता भएका थिए ।
आइतबार बिहान शव फेला परेपछि घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का तयार पारी पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
											
											प्रकाशित :  २०७८ असार  २७ गते १०:३३
										
										
										
	
										
										  
							 
						
Facebook Comment