थुम्सीमा रिफ्रेस सेन्टर स्थापना

NAWALPUR TIMES

थुम्सीमा रिफ्रेस सेन्टर स्थापना
12022 10 01 05 50 54

कावासोती । पुर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्डको गैंडाकोट नगरपालिका वडा नं-९ थुम्सीमा रिफ्रेस सेन्टरको स्थापना गरिएको छ ।

समुदायमा प्रहरी कार्यक्रम अन्तर्गत राज्मार्गमा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनका यात्रु तथा सवारी चालक, सहचालक समेतलाई केही समय आराम गर्नको लागी रिफ्रेस सेन्टरको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सन्तोष पाठक ले बताउनु भयो । यातायात सेवालाई व्यवस्थित, मर्यादित बनाउदै यात्रु, चालकका स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर रिफ्रेस सेन्टर स्थापना गरिएको र रिफ्रेस सेन्टरलाई व्यवस्थित गराउनका लागि सडक विभागसँग सहकार्य गरिने पाठकले बताउनु भयो । साथै नवलपुर प्रहरीले रिफ्रेस सेन्टर सँग सँगै राजमार्गमा चल्ने सवारी साधनहरूको गतिमा नियन्त्रण गरी यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नको लागी आजकै मितिबाट टाइम कार्डको व्यवस्था सुरु गरेको पाठकले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको उपस्थितिमा रिफ्रेस सेन्टर र टाईमकार्डको सुरुवात गरेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology