तरुण नेता पौडेलद्वारा अस्थायी प्रहरी पोस्ट बेल्डियामा स्वास्थ सामाग्री सहयोग ।।

NAWALPUR TIMES

तरुण नेता पौडेलद्वारा अस्थायी प्रहरी पोस्ट बेल्डियामा स्वास्थ सामाग्री सहयोग ।।
received 2818932495084609

अजय पौडेल/गैंडाकोट

नेपाल तरुण दल जिल्ला सदस्य जीवन पौडेलले अस्थायी प्रहरी पोस्ट वेल्डियामा स्वास्थ सामाग्री सहयोग गर्नुभएको छ । आज पोस्टका असइ राजन श्रेष्ठलाई कोभिड १९ विरुद्ध बच्नको लागि सहयोग पुग्ने सर्जिकल मास्क,सेनिटाइजर,हेण्ड वास लगायतका स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएको पौडेलले जानकारी दिनुभयो ।

फ्रन्ट लाइनमा खटेर काम गर्ने सुरक्षा निकायलाइ अस्थायी सामाग्री अपुग भएको जानकारी पाएर आफुले सकेको सहयोग गरेको पौडेलले बताउनुभयो । विपतको बेलामा सुरक्षा निकाय तथा अग्रभागमा रहेर काम गर्नेहरुलाइ स्थानीय तह तथा सम्बन्धित निकायले सहयोग गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो। गैंडाकोट १६ अमरापुरी तथा दलदलेमा आइएमइ साथै नारायणगढमा ब्यबसाय गर्दै आउनुभएका पौडेलले यस अगाडी पनि विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको छ ।

स्वास्थ सामाग्री सहयोग कार्यक्रममा नेबिसंघ नवलपुर-काठमाडौं सम्पर्क समाजका अध्यक्ष सुजन कंडेल,प्रहरी पोस्ट वेल्डियाका असइ राजन श्रेष्ठ तथा अन्य प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology