जल चढाउन गएका वृद्धको नारायणीमा डुबेर ज्यान गयो

NAWALPUR TIMES

जल चढाउन गएका वृद्धको नारायणीमा डुबेर ज्यान गयो
onlookers gather at the Narayani Bridge in Chitwan 1

गैंडाकोट । नारायणी नदीमा जल चढाउन गएका एक बृद्धलाई नारायणी नदीले बगाएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ घर भएका ९१ वर्षका देविराम आर्चायलाई आज नदीले बगाउँदा मृत्यु भएको हो ।

गैँडाकोट नगरपालिका वडा नं. २ स्थित आफ्नै भान्जाको घरमा केहि समयदेखि बस्दै आएका आचार्य विहान नदीमा जल चढाउन भन्दै पुगेका थिए । विहान ११ वजेतिर नदीले बगाएर केहि तल पुराएको र तत्कालै उद्धार गरिएको भएपनि उनलाई बचाउन नसकिएको इलाका प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ । बृद्धको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology