चितवनमा पहिलो पटक प्लाज्मा थेरापी गरिएको कोरोना संक्रमित महिलाको मृत्यु

NAWALPUR TIMES

चितवनमा पहिलो पटक प्लाज्मा थेरापी गरिएको कोरोना संक्रमित महिलाको मृत्यु
347092505cmc

भरतपुर, १९ भदौ
चितवनमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजको कोभिड आइसीयूमा उपचाररत् मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको शुक्रबार दिउँसो १ः४४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिलालाई बिहीबार राति मात्रै प्लाज्मा थेरापी गरिएको थियो । डा.शितल अधिकारी र डा.दयाराम लम्सालसहितको समूहले प्लाज्मा थेरापीबाट उनको उपचार गरेको थियो

श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि ती महिलालाई भदौ ११ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology