चितवनमा गोली लागेर युवकको मृत्यु

NAWALPUR TIMES

चितवनमा गोली लागेर युवकको मृत्यु
1626940218907

चितवन । चितवनको भरतपुरमा टाउकोमा गोली लागेका एक युवक मृतावस्थामा फेला परेका छन् ।

भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा टाउकोमा गोली लागेका एक युवक मृतावस्थामा फेला परेको हो ।

अन्दाजी ३० वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । उनको टाउकोमा गोली लागेको घटनास्थल नजिकै रगत र गोलीको खोकासमेत भेटिएको छ ।

बिहान बाटोमा हिड्नेहरुले घटना थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए । घटना स्थालमा मृत ब्यक्तिको पहिचान हुन सकेको छैन । शवको अहिले मुचुल्का उठाई पोष्ट मार्टमको लागी भरतपुर अस्पताल ल्याईएको छ । घटनाको बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology