चितवनमा आजै रातिबाट मतगणना सुरू हुने

NAWALPUR TIMES

चितवन–चितवनसहित बारा र तनहुँ गरी तीन क्षेत्रमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने भएको छ ।मतदानको समय सकिएपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको बताउँदै आजबाट मतगणना गरिने बताएका हुन् ।

‘अब मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पु¥याउने काम हुन्छ,’ उनले भने, ‘त्यसपछि मतगणना सुरू हुन्छ ।’ चितवन–२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ । ‘९ बजेसम्म मतपेटिका संकलन गरेर मतगणना सुरू गर्नुस् भनेका छौं,’ उनले भने । बारा–२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने उनले बताए । ‘तनहुँ–१ गणनास्थलमा मतपेटिका पु¥याउनै १० बज्छ होला, त्यहाँ राजनीतिक दलहरूले मान्नुभयो भने राति १२ बजे भए पनि मतगणना सुरू गर्छौं,’ थपलियाले भने ।

यसपटक मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने थपलियाले बताए । ‘हामीले भोलि साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने सोचेका छौं, पर्सि साँझसम्म त सकिन्छ नै,’ उनले भने ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology