चितवनमा आगलागी, दुई पसलमा क्षति

NAWALPUR TIMES

चितवनमा आगलागी, दुई पसलमा क्षति
fire 1

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो ।

आज बिहान ३ः४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४ः१५ बजे नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । – रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology