अर्जुन कंडेल/अमरापुरी । गैंडाकोट नगरपालिका वडा नम्बर-१५, शितल टोलमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ। यो विषम परिस्थितिमा सबैलाइ कोभिड-१९ बाट सुरक्षीत रहन भन्दै सृजनसिल महिला समूह गैडाकोट-१५, शितल टोल ले आफ्नो क्षेत्रभित्रका ७५ घरधुरीलाई १/१ थान सर्जिकल मास्क र सेनिटाइजर वितरण गरेको हो।
कोभिड-१९ बाट आफ्नो क्षेत्रलाइ सुरक्षीत बनाउनको लागि पहिलो चरण अन्तर्गत स्वास्थ्य सामाग्री बितरण गरिएको र यस पछि कोभिड-१९ को अबस्था हेरि अन्य अभियानहरु चरणबद्ध रुपमा अगाडि बढाउने योजना रहेको संस्था का अध्यक्ष पार्वती पौडेलले बताउनु भयो। संस्थाले भैपरी आउदा उपयोग गर्नका लागि पल्स अक्सिमिटर, स्टिम मेसिन लगाएतको सामान्य स्वास्थ्य सामाग्रीहरु समेत तयारी अबस्थामा राखेको संस्थाका उपाध्यक्ष तारादेवी कंडेल ले बताउनु भयो।
अमरापुरी क्षेत्रमा “कोभिड-१९ न्युनिकरण रिस्पोन्स टिम” ले महिला समूह र टोल विकास संस्थाहरुलाइ परिचालन गरि कोभिड-१९ विरुद्ध एकजुट भइ लडन प्रोत्साहन गरिरहेको छ।
Facebook Comment