गैंडाकोट ४ मा नेपाली कांग्रेसको टोल कार्य समितिको गठन सम्पन्न

NAWALPUR TIMES

गैंडाकोट ४ मा नेपाली कांग्रेसको टोल कार्य समितिको गठन सम्पन्न
received 648806736252734

गैंडाकोट । नेपाली काङ्ग्रेस गैंडाकोट ४ को टोल कार्य समिति गठन सम्पन्न भएको छ । आज नेपाली कांग्रेस शान्तिश्री टोल कार्य समिति को गठन प्रक्रिया वडा नं ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपाने क‍ो प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्य समितिको सभापति पदमा ढुण्डीराज रिमाल , उपसभापति मा दुर्गा वहादुर कार्की सचिव मा सविना घिमिरे , कोषाध्यक्षमा शान्ति शर्मा , सहसचिवमा रमेश काफ्ले सहित ८ जना सदस्य हरु समेत गरि १३ जना चयन भएका हरुलाइ वडा सभापति कृष्णप्रसाद पराजुलीलेजानकारी दिनुभयो ।

निर्वाचित पदाधिकारीलाई प्रमुख अतिथि कृष्ण प्रसाद न्यौपानेले नेपाली कांग्रेसले गरेका हरेक काममा लाग्न आग्रह गर्दै अब नेपाली कांग्रेस सांगीतिक रुपमा दह्रो भइ अगाडि बढनुपर्ने समेतको शुभकामना व्यक्त गर्नु भयो ।

त्यसैगरी आज नै नेपाली कांग्रेस महादेव टोल कार्य समिति पनि गठन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि संगिता काफ्ले घिमिरे, विशेष अतिथि नेपाली कांग्रेस जिल्ला सदस्य कमल प्रसाद पराजुली, अतिथिमा गैंडाकोट नगरपालिका नगर कार्य पालिका सदस्य संगिता पण्डित, टोलका क्षेत्रीय प्रतिनिधि, वडा समितिका सदस्य,नेपाली कांग्रेस का क्रियाशील सदस्य समेतको उपस्थितिमा १५ सदस्यीय नेपाली कांग्रेस महादेव टोल कार्य समिति गठन सम्पन्न भएको छ ।

कार्यसमितिको सभापति विष्णु हरि देवकोटा , उपसभापति गिता तिवारी , सचिव भिम प्रसाद पराजुली ,कोषाध्यक्ष कमला सुनार, सहसचिवमा रुपा पराजुली सहित १० जना सदस्य गरि १५ सदस्य रहनुभएको छ ।

कार्यसमितिलाइ प्रमुख अतिथि संगिता घिमिरेले टीका लगाइ अब नेपाली कांग्रेसलाई मजवुत वनाउन टोलको बलियो हात र सांगठनिक रुपमा दह्रो हुन यहांहरुको महत्त्वपूर्ण भुमिका हुन्छ भनी शुभकामना दिनुभयो ।

जिल्ला सदस्य कमल पराजुलीले सवै एक जुट भएर अगाडि बढने हो भने नेपाली कांग्रेसलाई कसैले केही गर्न सक्तैन त्यसैले निर्धक्क भएर काममा लाग्न आग्रह गर्नु भयो ।
निर्वाचित पदाधिकारी हरुलाइ वडा सभापति कृष्णप्रसाद पराजुलीले सपथ ख्वाएर टोल कार्य समिति एउटा बलियो जग हो यसलाई मजवुत वनाउन लागि पर्न आग्रह गर्दै देश विकास मा नेपाली कांग्रेस को अपरिहार्य भुमिका हुन्छ भनि शुभकामना दिनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology