गैंडाकोट काङ्ग्रेसको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २३ गते १८:०५
गैंडाकोट काङ्ग्रेसको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण
244690543 4303249796377017 3683463602212122108 n

गैैैंडाकोट । नेपाली काँग्रेस गैंडाकोट नगर कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको छ। असोज १२ गते भएको गैंडाकोट नगर समितिको अधिवेशनले बद्री सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे थियाे ।

प्रजातान्त्रिक सेनानि संघका केन्द्रिय सदस्य तथा क्षेत्रिय प्रतिनिधि तिलक प्रसाद सापकोटाले कार्यक्रममा बोल्नुहुँदै तत्कालै स्थानीय तहको निर्वाचन आएकोले फुर्सद गरेर बस्ने अवस्था नरहेको बताउनुभयो । नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना दिदै नेपाली काँग्रेस का पुराना नेता एवं समाजसेवी मदनभक्त अधिकारीले ,नगर समितिमा निर्वाचित कार्यसमितिलाई स्थानीय निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिनुभएको थियो । उहाँले पार्टीका सबै साथीहरुलाई समेटर अगाडि बढ्न निर्वाचित समितिलाई अनुरोध समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला तथा क्षेत्रीय नेता हरु गजेन्द्र बहादुर आले,बिस्णु कुमारी सापकोटा कंडेल,कमल प्रसाद पराजुली,दोर्ण बन,कमला तिवारी,अमृत भट्टचन,गणेश सापकोटा,शान्ति न्यौपाने,हरेराम गौतम, लगायत स्थानीय क्रियासिल सदस्यहरु को बाक्लो उपस्थित रहेको थियो । नगर उपसभापति शोभाखर रिमालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा काँग्रेस नगरसमिती लाई योगदान पुर्याउने नरहरी सापकोटा र भवानी प्रसाद घिमिरेलाई सम्मान समेत गरिएको थियो ।

नवनिर्वाचित नगर सभापति बद्री सापकोटाले “अबका दिनमा गैंडाकोट नगरमा नेपली कांग्रेसको क्रियाकलापलाई अझै सशक्त रुपले अगाडि बढाउन लागि अझै सक्रिय हुने बताउनु भयो । आजका दिन सम्म नेपाली कांग्रेस नगर कमिटीले जनताको विश्वास जित्न सक्यो सकेन बहसको विषय हुनसक्छ,पार्टी विच धेरै असमझदारीहरु छन्, एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने चलन फस्टाएको छ जुन नेपाली कांगेसको सभ्यता होइन यसलाइ चिर्नेछु। जनताको विश्वास अभिवृद्धि गराउनका लागि अग्रजको सम्मान गर्दै युवा,महिला,दलित,जनजाति र फरक क्षमताभएका हरुलाइ पनि साथमा लिइ पार्टीको सर्वाङ्गिण बिकासमा मैले आफ्नो तहबाट र सिङ्गो नगर समितीबाट पहल गर्ने र संगठनलाई अझ बलियो बनाउनअहोरात्र खट्ने बाचा गर्दछु”
निवर्तमान सभापति तारापती खरेलले नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिदै पार्टिको हितका लागि आफ्नो साथ सधै रहने बताउनु भयो ।

प्रकाशित : २०७८ असोज २३ गते १८:०५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI