गाडी कुरिरहेकी बालिकालाई काभ्रे लगेर बलात्कार

NAWALPUR TIMES

गाडी कुरिरहेकी बालिकालाई काभ्रे लगेर बलात्कार
rape gadi vdgsqIiP2t

काठमाण्डौं । गाडी पर्खाइमा बसिरहेकी एक बालिकालाई गन्तव्यमा पुर्‍याइदिन्छु भन्दै गाडी भित्रै बलात्कार गर्ने दुईजना पक्राउ परेका छन् ।

भदौ २६ गते भक्तपुरको श्रृजनानगर स्थित सडकमा पूर्वतर्फ जानको लागि बालिका गाडी कुरिरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भक्तपुरबाट ट्रकमा लगेर काभ्रेमा चालक र सहचालकले बलात्कार गरेका हुन्।

ट्रक चालक झापा हल्दीबारी गाउँपालिका ५ का ३२ वर्षीय हर्कबहादुर बिश्वकर्मा र सह–चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका १ का १८ वर्षीय निदिप धिमाललाई पक्राउ गरेको हो। उनीहरुले ट्रकमा गन्तव्यसम्म पुर्याईदिने भनि उनलाई चढाएका थिए। काभ्रेपलान्चोकको बनेपा १२ स्थित साझा पेट्रोल पम्प अगाडि रोकेर गाडी भित्रै चालक र सहचालकले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक खुलेको र उक्त ट्रक मोरङबाट बीपी राजमार्गको बाटो हुँदै काठमाडौं तर्फ आउँदै छ भन्ने सूचनाको आधारमा मंगलबार प्रहरीले धुलीखेल चोकबाट नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीले दाबी गरेको छ। पीडितबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology