गाई काटेको आरोपमा चितवनमा तीनजना पक्राउ

NAWALPUR TIMES

गाई काटेको आरोपमा चितवनमा तीनजना पक्राउ
गौबध

चितवन । गाई काटेको आरोपमा चितवनमा तीनजना पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नं. १ सुन्दरबस्तीबाट उनिहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरुमा कालिका नगरपालिका वडा नं. १ का ३२ वर्षीया उर्मिला परियार, १६ वर्षका सविन परियार र १६ वर्षकै सुवास परियार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलिले सुन्दरबस्ती स्थित महेन्द्र सुबेदीको केराबारी नजिकै घोलको खाली खाली जग्गामा गाई काटेर भाग लगाउदै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेका सबैलाई चितवन जिल्ला अदालतवाट म्याद अनुमती लिई अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology