कोरोना सङ्क्रमणबाट चितवनमा थप एकजनाको मृत्यु

NAWALPUR TIMES

कोरोना सङ्क्रमणबाट चितवनमा थप एकजनाको मृत्यु
1945650652coronadeath

चितवन। भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ।

 

अस्पतालको कोभिड-१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका-६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।

 

भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

 

उनको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए।

 

योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ।

 

मृत्यु हुनेमा चितवनका ६ जना रहेका छन्। तीमध्ये एकजनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो।

 

यस्तै मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक/एक जना रहेका छन्। रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology