कांग्रेसले बनायो प्रदेश डेस्क, सात सहमहामन्त्रीलाई जिम्मेवारी

NAWALPUR TIMES

कांग्रेसले बनायो प्रदेश डेस्क, सात सहमहामन्त्रीलाई जिम्मेवारी
1626355011nepali congress flag tree 1

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको छ। आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको हो।

पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निणर्यअनुसार आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार डेस्क संयोजनमा सात जना महामन्त्रीलाई जिम्मेवारी दिइएको छ। जसअनुसार प्रदेश १मा जीवन परियार, मधेश प्रदेशमा भीष्मराज आङ्दम्वे, बागमती प्रदेशमा फरमूल्लाह मंसुर, गण्डकी प्रदेशमा महालक्ष्मी उपाध्याय ‘डिना, लुम्बिनी प्रदेशमा महेन्द्र यादव, कर्णली प्रदेशमा बद्री पाण्डे र सुदुरपश्चिम प्रदेशमा किशोरसिंह राठौरलाई संयोजक तोकिएको छ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology