आफ्नै घरको छत बाट खसेर गैंडाकोटमा एक जनाको ज्यान गयो

NAWALPUR TIMES

आफ्नै घरको छत बाट खसेर गैंडाकोटमा एक जनाको ज्यान गयो
images 4

कावासोती । नवलपुरको गैंडाकोटमा घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ७ बजेको समयमा  गैंडाकोट ५ भवानी मार्ग बस्ने ५१ बर्षिय त्रलोक्यनाथ खरेल आफ्नै घर मर्मत गर्ने क्रममा घरको तेस्रो तलाको छतबाट खसेका थिए ।

छतबाट खसेपछि घाइते भएका खरेललाई उपचारको लागी नयाँ मेडिकल कलेज चितवनमा पुर्याइएको र उपचारको क्रममा १० बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक खरेल जनक माध्यमिक विद्यालय गैंडाकोटका शिक्षक र विकु साकोसका पुर्व उपाध्यक्ष हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology