वेस्ट इन्डिज ‘ए’सँग खेल्ने नेपाली टिमको घोषणा

NAWALPUR TIMES

वेस्ट इन्डिज ‘ए’सँग खेल्ने नेपाली टिमको घोषणा
1713489364865

कावासोती । घरेलु मैदानमा हुने वेस्ट इन्डिज ‘ए’विरुद्धको ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा आकाश चन्दले स्थान बनाउँदा आरिफ शेखले पुनरागमन गरेका छन् । पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले घरेलु टिमसँग पाँच ट्वान्टी–२० खेलको शृंखला खेल्ने तालिका छ ।

यी दुई टिमबीचको पहिलो खेल आउँदो शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल अर्को शनिबार हुनेछ । यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी–२० विश्वकपअघि दुवै टिमले तयारीस्वरूप यो शृंखला खेल्न लागेका हुन् ।

नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology