नवलपुरको नमूना सदरमुकाममा करेन्ट लागेर कामदारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार ३० गते १५:५१
नवलपुरको नमूना सदरमुकाममा करेन्ट लागेर कामदारको मृत्यु
1604821418.dead body

कावासोती । नवलपुरको कावासोतीमा करेन्ट लागेर कामदारको मृत्यु भएको छ ।

नवलपुरको कावासोती-३ मा निर्माणाधिन नमूना सदरमुकाममा करेन्ट लागेर कामदारको मृत्यु भएको हो ।

सोमबार दिउसो एक बजेको समयमा सदरमुकाम निर्माण स्थलमा करेन्ट लागेर बर्दिया ठाकुरबाबा घर भई हाल कावासोती दुईमा डेरा गरी बस्ने ३५ वर्षका सरोज थारुको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

नमुना सदरमुकाम निर्माण स्थलमा निर्माणाधीन सरकारी भवनको सभाहलमा फर्मा सेटिङको लागि ड्रिल गर्ने क्रममा थारुलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाईते भएका थारुलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याईएको थियो । थारुको उपचारको क्रममा मृत्यु भएको डिएसपी मधु नेपालले बताए ।

नमुना सदरमुकाममा समानन्तर जे.बि. , बुद्ध हिमाली कन्ट्रक्सन प्रा.लि.ले निर्माणको काम गरिरहेको छ । मृतक थारु सोही कन्ट्रक्सनमा मिस्त्रीको काम गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८२ असार ३० गते १५:५१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI