अरुणखोलामा बोरा भित्र महिलाकाे शव फेला

अरुणखोलामा बोरा भित्र महिलाकाे शव फेला

नवलपुर, पुस २३
नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिका–११ बाउन्ने कुनास्थित पूर्व–पश्चिम राजमार्गको कल्भट मुनि कुसुन्डे सिँचाइ नहरमा बोरा भित्र एक महिलाको शव फेला परेको छ।

आज  बिहान करिब ८ बजे सेतो रङको, कृषि सामग्री कम्पनी लिमिटेड लेखिएको बोरा भित्र मानिसको शव रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी चौकी अरुणखोलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी सहायक निरीक्षक भरत थापाको कमाण्डमा ४ जनाको टोली तत्काल घटनास्थल पुगेको थियो। प्रारम्भिक अवस्थामा शवको नाम, थर, वतन तथा महिला–पुरुष केही पनि खुल्न सकेको थिएन।

प्रहरी अनुसन्धानका क्रममा मृतक मध्यबिन्दु नगरपालिका–१० की करिब ३५ वर्षीया रिता मुसहर भएको खुल्न आएको छ। शव बोरा भित्र राखेर नहरमा फालिएको अवस्थामा भेटिएकाले घटनालाई शंकास्पद मानेर प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology