कहाँ-कहाँ लगइन भएको छ तपाईंको ह्वाट्सएप, यसरी हटाउनुहोस्

NAWALPUR TIMES
प्रकाशित : २०८१ चैत २ गते १७:०९
कहाँ-कहाँ लगइन भएको छ तपाईंको ह्वाट्सएप, यसरी हटाउनुहोस्

कावासोती । ह्वाट्सएप एक लोकप्रिय मेसेजिङ प्लाटफर्म हो । विश्वमा तीन अर्बभन्दा धेरै मानिसले ह्वाट्सएप चलाउँछन् । एउटै ह्वाट्सएप अकाउन्टमा चलाउन सकिन्छ । तर, यदि ह्वाट्सएपको त्यही मल्टी डिभाइस फिचरको प्रयोगमा होसियारी अपनाइएन भने तपाईंको ह्वाट्सएप अकाउन्ट अरु व्यक्तिको कब्जामा पर्नसक्छ । अनि तपाईंका च्याट, मेसेज डकुमेन्टलगायतका जानकारीहरू लिक हुन सक्छन् ।

यदि तपाईं कुनै साइबर क्याफे वा अफिसको कम्प्युटरमा आफ्नो ह्वाट्सएप प्रयोग गर्नुहुन्छ भने तपाईंले निकै सावधानी अपनाउनु आवश्यक हुन्छ । कहिलेकाहीँ हामीले आफ्नो बाहेक अन्य कम्प्युटरमा पनि ह्वाट्सएप अकाउन्ट लगइन गर्छौं र त्यसलाई लगआउट गर्न बिर्सिन्छौं । यस्तो अवस्थामा आफ्नो ह्वाट्सएप अकाउन्ट अरुको हातमा पर्न नदिन र सबै ठाउँमा खुल्ला भएको आफ्नो ह्वाट्सएप अकाउन्ट लगआउट गर्नका लागि ह्वाट्सएपको एउटा फिचर निकै उपयोगी हुन्छ ।

वास्तवमा ह्वाट्सएपमा Linked Devices नामक एक फिचर रहेको हुन्छ । यसमा तपाईंले आफ्नो ह्वाट्सएप अकाउन्ट कुन कुन डिभाइसमा चलिरहेको छ भन्ने हेर्न सक्नुहुन्छ । साथै आफ्नो ह्वाट्सएप अकाउन्ट लगइन भएका डिभाइसको लोकेसन पनि थाहा पाउन सक्नुहुन्छ

त्यसैले यदि तपाईंको ह्वाट्सएप कुनै यस्तो डिभाइसमा खुल्ला छ, जुन तपाईंको होइन वा तपाईंले प्रयोग गर्नुहुन्न भने त्यसबाट अकाउन्ट लगआउट गर्नु आफ्नो ह्वाट्सएपलाई सुरक्षित राख्ने सबैभन्दा उपयुक्त काइदा हो । यसका लागि सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् र दायाँतर्फ माथि रहेको तीनवटा थोप्लावाला आइकनमा ट्याप गर्नुहोस्। त्यसपछि Linked Devices मा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले आफ्नो अकाउन्ट कहाँ-कहाँ र कुन कुन डिभाइसमा लगइन भएको छ देख्न सक्नुहुन्छ ।

यदि तपाईंको अकाउन्ट कुनै अज्ञात वा आफ्नो बाहेको डिभाइसमा लगइन भएको छ भने त्यो डिभाइसको नाममा गएर Log Out अप्सनमा ट्याप गर्नुहोस् ।

प्रकाशित : २०८१ चैत २ गते १७:०९

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI