प्रेमसम्बन्ध विवादमा भएको झडपमा घाइतेको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन १३ गते २१:३५
प्रेमसम्बन्ध  विवादमा भएको झडपमा घाइतेको मृत्यु

कावासोती । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका बेलासपुरमा दुई समूहबिच झडपमा  गम्भीर घाइते भएका विजय धवलको मृत्यु भएको छ । उनको भैरहवाको सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

गम्भीर घाइते भएको विजय धवल र वैजनाथ लोहनियलाई भैरहवा सिटी अस्पतालमा उपचारको लागि ल्याएको थियो । घटनाका घाइते स्थानीय ३ जनाको नवलपरासी पृथ्वी चन्द्र अस्पताल उपचार भइरहेको छ ।

स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप भएको प्रहरीले जनाएको छ ।

केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि प्रहरीले असुर ग्यास तथा हवाई फायर गरेको थियो ।

प्रकाशित : २०८१ फागुन १३ गते २१:३५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI