No ads found for this position
No ads found for this position

नेपालविरुद्धको शृंखलाका लागि वेस्टइन्डिजको टोली घोषणा

No ads found for this position
No ads found for this position

NAWALPUR TIMES

No ads found for this position
No ads found for this position
नेपालविरुद्धको शृंखलाका लागि वेस्टइन्डिजको टोली घोषणा
No ads found for this position
No ads found for this position
No ads found for this position

कावासोती । दुई सातापछि यूएईको शारजाहामा हुने ट्वान्टी–ट्वान्टी शृंखलाका लागि वेस्टइन्डिजले नेपालसँग खेल्ने टोली घोषणा गरेको छ । अकिल हुसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

वेस्टइन्डिजको टोलीमा ६ जना खेलाडी ट्वान्टी–ट्वान्टी आईमा डेब्यू गर्दैछन् । पहिलो रोजाईका खेलाडीमा अकिल मात्रै रहेका छन् ।

यस्तै जेसन होल्डर, केसी कार्टी, फबिएन एलेन, कायल मेयर्स र ओबेद म्याकोय राष्ट्रिय टोलीमा खेलिसकेका खेलाडी छन् । १५ सदस्यीय टोलीमध्ये ९ जना यसअघि नै अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरिसकेका खेलाडीहरु छन् ।

यस्तै अन्य खेलाडीहरु घरेलु लिग र क्यारेवियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका युवा खेलाडीहरु रहेका छन् ।

वेस्टइन्डिज क्रिकेट बोर्डले टोली घोषणासँगै नयाँ युवा खेलाडीहरुलाई यस सिरिजमा प्राथमिकता दिनुको कारण आगामी ट्वान्टी–ट्वान्टी विश्वकपको टिम निर्माण गर्नका लागि रहेको उल्लेख गरेको छ ।

नेपालविरुद्ध खेल्ने वेष्टइण्डिजका खेलाडी :

अकिल हुसेन, फबिएन एलेन, जवेल एन्ड्रयु, एकिम, अगष्ट,नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी,करिमा गोर, जेसन होल्डर, अमिर जांगो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स र शमार स्प्रिंगर ।

No ads found for this position
No ads found for this position

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position
No ads found for this position

थप समाचार

No ads found for this position
No ads found for this position

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Site By: Genesiswtech.com