नारायणीमा पानीको सतह बढयो

NAWALPUR TIMES

नारायणीमा पानीको सतह बढयो

कावासोती । लगातारको वर्षापछि नवलपरासीको नारायणी नदीमा पानीको सतह बढ्दो क्रममा छ। आइतबार दिउँसो साढे २ बजे नारायणगढस्थित नारायणी पुलमा पानीको सतह ८ दशमलव ४५ मिटर पुगेको थियो ।

शनिबार रातिसम्म नारायणी नदीमा पानीको सतह ५ दशमलव ७५ मिटरमा सीमित थियो । गण्डकी प्रदेशका पहाडी जिल्लामा वर्षा भइरहेकाले यहाँ पानीको सतह बढेको हो। नारायणी नदीमा मिसिने खोलाहरूमा पानीको बहाव बढ्दोक्रममा रहेको छ।

पूर्वी नवलपरासीस्थित नारायणी नदी आसपासका बस्तीमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ। पूर्वी नवलपरासी र आसपासको क्षेत्रमा आइतबार बिहानदेखि वर्षा भइरहेको छ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology