फोर नेसन्स कपमा नेपालको विजयी सुरुवात

NAWALPUR TIMES

फोर नेसन्स कपमा नेपालको विजयी सुरुवात

कावासोती । आजबाट सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

नेपालकी बिमला चौधरीले खेलको १०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले पराजित गरेको थियो ।

खेलका क्रममा नेपालले किर्तिस्थानको तुलनामा धेरै अवसर पाएपनि गोल गर्न सकेन । अब नेपालले दोस्रो खेल फागुन ८ गते लेबलानसँग खेल्नेछ । तेस्रो खेल फागुन ११ गते म्यानबारसँग खेल्नेछ । ४ देश सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology