कावासोती । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेपाली कांग्रेस विनयी त्रिवेणीले आयोजना गरेको पालिका स्तरीय आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा बिहिबार दुम्किबास आउने भएका छन ।
दुम्किबासको लखन थापा बोर्डिङ स्कुल अगाडी रहेको खुल्ला मैदानमा कांग्रेस विनयी त्रिवेणीले दिउँसो १ बजे आयोजना गरेको पालिका स्तरीय आमसभालाई सम्बोधन गर्न शर्मा आउने कार्यक्रम तय भएको कांग्रेस विनयी त्रिवेणी सभापति अजित कुमार थापाले जानकारी दिए ।
नवलपुर क्षेत्र नं २ मा पर्ने दुम्किबासको आमसभामा कांग्रेस उपसभापति शर्मा सहित केन्द्र र जिल्लाका नेताहरु एवं कांग्रेस उम्मेदवार ओमबहादुर घर्तीले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति थापाले जानकारी दिए ।
Facebook Comment