नेपाली कम्युनिस्ट पार्टी नवलपुरको एकता सन्देश सभा आज कावासोतीमा हुने

नेपाली कम्युनिस्ट पार्टी नवलपुरको एकता सन्देश सभा आज कावासोतीमा हुने

नवलपुर, मंसिर २७ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नवलपुरको आयोजनामा आज शनिबार कावासोतीमा एकता सन्देश सभा हुँदैछ।
कावासोती नगरपालिका–८ स्थित फलफूलचोक नजिकैको शहीद पार्कमा बिहान ११ बजेदेखि सभा सुरु हुने भएकाे हाे

सभाको तयारी तीव्र रूपमा अघि बढिरहेको नेकपा नवलपुरले जनाएको छ। पार्टीका केन्द्रीय नेता बालकृण्ण रानाभाटका अनुसार केन्द्र, प्रदेश र जिल्ला तहका शीर्ष नेताहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिने बताए

कम्युनिस्ट घटकहरूबीच हालै सम्पन्न एकताको सन्देश जनस्तरसम्म पुर्‍याउने उद्देश्यले देशव्यापी रूपमा आयोजना भइरहेका कार्यक्रमहरूको श्रृंखलाअन्तर्गत नवलपुरमा पनि यो सभा गर्न लागिएको रानाभाटले बताए

आजको कार्यक्रम थकालीचोकबाट सुरु हुने बाजा–गाजा, झाँकी र नारासहितको र्‍यालीसहितको जुलुसले विभिन्न स्थान परिक्रमा गर्दै शहीद पार्क पुगेर सभामा परिणत हुनेछ। र्‍यालीमा स्थानीय टोल–टोलका जनसमूह, युवा स्वयंसेवक, महिला संगठन, जनवर्गीय संगठन तथा विभिन्न जनसङ्घ–सङ्गठनहरूको सक्रिय सहभागिता रहने जनाइएको छ।

हालै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत आठ वटा कम्युनिस्ट घटकहरूबीच भएको एकतापछि नवलपुरमा पहिलोपटक सभा आयोजना हुन लागेको हाे

नेकपाले आन्तरिक एकतासँगै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर एकता सभा, अन्तर्क्रिया तथा जनसम्पर्क अभियान तीव्र बनाएको जनाएको छ। पार्टीका अनुसार देशका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भइसकेका छन्

पार्टी स्रोतका अनुसार सभामा केन्द्रीय नेता, , प्रदेश समिति तथा विभिन्न जनवर्गीय संगठनका प्रमुख नेताहरू नवलपुर आईपुगेका छन

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology