युनाइटेड गोल्डकपको उपाधि नवज्योति हसौरालाई

NAWALPUR TIMES

युनाइटेड गोल्डकपको उपाधि नवज्योति हसौरालाई
No ads found for this position
No ads found for this position

कावासोती । हुप्सेकोटमा जारी ३९औं युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नवज्योति युवा क्लब हसौराले जितेको छ ।

शनिबार सम्पन्न फाईनल खेलमा चोरमारा युवा क्लबलाई १-० गोल अन्तरले हराउदैँ हसौराले उपाधी जितेको हो । नवज्योति हसौराका लागि खेलको २८ औं मिनेटमा विमल घर्ती मगरले गरेको गोलनै निर्णायक भएको हो ।

यो सँगै हसौराले नगद २ लाख ६० हजार ट्रफी हात पारेको छ भने उपविजेता चोरमारा युवा क्लबले १ लाख ५१ हजार नगद र ट्रफी हात पारेको हो ।

dengu kawasoti

फाईनल खेलको म्यान अफ द म्याच समेत बिमल घर्ती मगरनै भएका छ्न । त्यसै गरि प्रतियोगिताको सर्वाधिक गोलकर्ता चोरमारा युवा क्लबका सुजित बुढाथोकी भए । उनले प्रतियोगिता अवधिभर ५ गोल गरेका थिए । प्रतियोगिताको बेस्ट प्लेयरको उपाधी भने नवज्योति हसौराका नवीन महतोले पाएका छ्न ।

गत भदौ ६ गते देखि सुरु भएको प्रतियोगिताममा १६ टिमले सहभागीता जनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position
No ads found for this position

थप समाचार

No ads found for this position
No ads found for this position

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Site By: Genesiswtech.com