युनाइटेड गोल्डकप : नवज्योति युवा क्लब हसौरा विजयी

NAWALPUR TIMES
प्रकाशित : २०८२ भदौ १० गते २१:०३
युनाइटेड गोल्डकप : नवज्योति युवा क्लब हसौरा विजयी

कावासोती । नवज्योति युवा क्लब हसौरा हुप्सेकोटमा जारी ३९ औं युनाईटेड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार सरस्वती संस्कृत तथा साधारण माविको खेल मैदानमा सम्पन्न खेलमा दुम्किबा युवा क्लबलाई ३–१ गोलले हराउदैँ नवज्योति हसौरा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।

भोलीको खेलमा राईनो क्लब मदनपुर र रजहर फुटबल क्लब रजहरले प्रतिस्पर्धा गर्ने छन ।

प्रतियोगिताको विजेताले २ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्तालाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

१६ टिमले सहभागीता जनाएको प्रतियोगिताको फाईनल खेल भदौ २१ गते हुनेछ ।

 

प्रकाशित : २०८२ भदौ १० गते २१:०३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI