युनाइटेड गोल्डकप : पुलिस गण्डकीलाई हराउँदै चोरमारा युवा क्लब फाईनलमा

NAWALPUR TIMES

युनाइटेड गोल्डकप : पुलिस गण्डकीलाई हराउँदै चोरमारा युवा क्लब फाईनलमा
No ads found for this position
No ads found for this position

कावासोती । चोरमारा युवा क्लब हुप्सेकोटमा जारी ३९ औं युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । चोरमाराले उपाधिका लागि नवज्योति युवा क्लब हसौरा खेल्ने छ ।

बुधबार सम्पन्न अन्तिम सेमिफाइनलमा चोरमारा युवा क्लब नेपाल प्रहरीको गण्डकी प्रदेश टिमलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

यो सँगै चोरमारा युवा क्लबले उपाधिका लागि नवज्योति युवा क्लब हसौरासँग खेल्ने छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा नवज्योति युवा क्लब हसौराले युनाइटेड क्लब (ठकुरी ब्वाईज)लाई १-० ले पराजित गरेको थियो ।

भदौ ६ गते देखि सुरु भएको ३९ औं संस्करणको प्रतियोगिताको फाईनल खेल भदौ २१ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले २ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ्न । त्यसै गरि सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २०/२० हजार रुपैयाँ हात पार्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्तालाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position
No ads found for this position

थप समाचार

No ads found for this position
No ads found for this position

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Site By: Genesiswtech.com