कावासोती । नारायणी नदीमा एकै दिन दुई जना हाम फालेर वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिका ५ कुसमुघाट निवासी १५ बर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वार्ड नं १ स्थायी घर भएका ५९ बर्षीय मिठा गिरी नदीमा हाम फालेर वेपत्ता भएका हुन् ।
गिरीले मंगलबार राति र श्रेष्ठले मंगलबार बिहान नारायणघाट र गैँडाकोट जोड्ने नारायणी नदीको गैडाकोट २ तर्फको पुलबाट हाम फालेर वेपत्ता हुनु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपलले जानकारी दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुबैको खोजी कार्य जारी राखेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । श्रेष्ठले साईकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेको प्रहरीको भनाइ छ ।
कक्षा ९ मा अध्ययनरत १५ बर्षीय आदेशले विहानै घरबाट कसैलाई केही नभनी निस्केका परिवारलई उदृत गर्दै प्रहरी नायव उपररीक्षक नेपालले बताए । उनका बुवा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८२ साउन १५ गते ८:४१
Facebook Comment