चोरमारामा सवारी दुर्घटना : एक जनाको मृत्यु, २ जना गम्भीर घाईते

NAWALPUR TIMES

चोरमारामा सवारी दुर्घटना : एक जनाको मृत्यु, २ जना गम्भीर घाईते

कावासोती । नवलपुरको चोरमारा बजारमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छ्न ।

पुर्व पश्चिम राजमार्गमा कावासोतीबाट नवलपरासी तर्फ जाँदै गरेको जिजे१४जेड ६४६ नम्बरको भारतिय बसले सोही दिशामा जाँदै गरेको प्रदेश ३-०२-०१० प ७२३० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार सर्लाहीको लालबन्दी नगरपालिका-४ बस्ने अनिता चौधरीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन ।

दुर्घटनामा परेर मृतक अनिता चौधरीका श्रीमान नरेश चौधरी र उनिहरुका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाईते भएका नवलपुर प्रहरीले जनाएको छ । घाईते नरेश चौधरी नेपाल प्रहरीमा कार्यरत सहायक हवल्दार हुन ।

घाईतेहरुको अवस्था गम्भीर रहेको र उनिहरुलाई थप उपचारका लागि मेडिकल ईक्युप्मेन्ट सहित चिकित्सकको निगरानीमा चितवन मेडिकल कलेज पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology